स्टोरी

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

By खबरहब

May 05, 2024

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ । ‘सिप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् ।

हरेक दिन बिहान ८ बजेदेखि कक्षाहरू भइरहेको महानगरले जनाएको छ । तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्ट गराउने काम भइरहेको महानगरको भनाइ छ ।

यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला का लागि १० हजार बढीले आवेदन दिएका महानगरले जनाएको छ ।

सिप मेलामा सहभागीहरूको तस्बिर हेर्नुहोस् :