मनोरञ्जन

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

By खबरहब

May 05, 2024

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् । उनले बनाउने फिल्मको नाम ‘वसन्त’ राखिएको छ ।

काठमाडौंको कमलादीमा आइतबार एक कार्यक्रमबीच गरिएको उक्त घोषणा अनुसार प्रकाश सपुत अभिनेताका रुपमा रहने भएका छन् ।

यो फिल्मको कथा, निर्देशन र संगीत प्रकाशकै रहने बताइएको छ । यस फिल्मको सुटिङ आगामी भदौदेखि थालिने भएको छ ।

यो फिल्मको नायिकामा स्वस्तिमा खड्का फाइनल भएकी छन् ।

फिल्ममा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायतको अभिनय रहने छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममा कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् ।

यो फिल्म २०८१ को चैते दशैँमा प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ ।