विश्वकपको मैदान पुगेका नेपाली फ्यान । तस्बिरः क्यान

क्रिकेट

नेपाल स्तब्ध भएको विश्वकपको खेलमा फ्यानको साथ (फोटो फिचर)

By खबरहब

June 05, 2024

काठमाडौं, जेठ २३ गते । अमेरिकाको डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपाल आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो । तर मैदानमा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्ने फ्यानले संसारको ध्यान खिँचेको छ ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो । नेपालको हरेक बलमा फ्यानको हुटिङले संसारका क्रिकेट समर्थक र मिडियाको ध्यान तानेको हो ।

अमेरिकाको टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपाली मैदानमै पुगेका थिए ।

तस्बिर : क्यान