फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

June 05, 2024

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।