मनोरञ्जन

‘मायाका रंगहरु’ युट्युबर पदम तामाङको प्रवेश

By खबरहब

June 05, 2024

काठमाडौं–  फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका युट्युबर पदम तामाङ अनुबन्ध भएका छन् । उनले निर्माण पक्षसँग लिखित सम्झौतासमेत गरेका हुन् । 

पदम अहिले कामको सिलसिलामा काठमाडौंमा नै छन् । सोही क्रममा निर्माता तथा निर्देशक केवल तामाङले उनलाई अनुवन्ध गरेका हुन् । पदम यसअघि ‘होस्टल ३’ का लागि अनुबन्ध भइसकेका छन् । त्यस फिल्ममा पनि उनको प्रमुख मध्येको एक भूमिकामा रहने बताइएको छ । 

‘मायाका रंगहरु’मा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता आरबी थाङदेन हुन् ।

फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् ।