आर्थिक

नेप्से ५ अंकले घट्यो, करिब ४ अर्बको कारोबार

By खबरहब

June 05, 2024

काठमाडौं-  बुधबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) ५.५८ अंकले घटेको छ ।  आज नेप्से ०.२६ प्रतिशतले घटेर २०७९.७१ विन्दु कायम भएको छ ।

आज ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँ बराबरको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७३३ पटक किनबेच भएको छ ।

बुधबार ३०६ कम्पनीको शेयर किनबेच हुँदा ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले, फ्लोट इन्डेक्स ०.४८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अंकले घटेको छ । १३ वटा समूहमध्ये १ समुहको बराबर भएको छ भने ४ समूहको नेप्से बढेको छ । ८ समूहको इन्डेक्स भने घटेको छ ।