फाइल फाेटो

समाचार

सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : मन्त्री भण्डारी

By खबरहब

June 05, 2024

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताएका छन् ।  

काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति संवाद’ कार्यक्रममा भण्डारीले मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार रहेको बताए । एउटा मन्त्रालय वा निकायले काम थाल्ने, अर्कोले रोक्ने प्रवृत्ति रहेसम्म दिगो विकासमा प्रगति हुन नसक्ने उनको भनाइ छ ।  

मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएका व्यावसायिक सीपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आबद्ध गराउने नीति तर्जुमा गर्नुपर्ने उद्देश्यले ‘सीप मेलाको नीति संवाद’ सम्पन्न भएको छ । 

कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डंगोलले तालिमका प्रमाणपत्रले कोठा भर्ने तर सीपलाई उद्यममा प्रयोग नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताइन् । सहभागीको आचरण र मापदण्ड अनुसार तालिम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।