फाइल तस्वीर

समाचार

केही विभाग र अस्पताल प्रमुखको जिम्मेवारी हेरफेर

By खबरहब

June 05, 2024

काठमाडौं-स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको हो।

मन्त्रालयले आयुर्वेद विभागको निर्देशकमा डा. प्रदीप केसीलाई सरुवा गरेको छ। यसअघिका निर्देशकको लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो ।

यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा यदुचन्द्र घिमिरेको सरुवा भएको छ ।

मन्त्रालयले भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेललाई दिएको छ। भरतपुर अस्पतालमा यसअघि डा. श्रीराम तिवारी प्रमुख थिए ।