समाचार

प्रतिनिधिसभा बैठक : तीन विधेयक पेस

By खबरहब

June 05, 2024

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् । 

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् । 

सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।