देश/प्रदेश

पृथ्वी जोगाउन वातावरण स्वच्छ राख्न आवश्यक : प्रदेश प्रमुख खापुङ

By खबरहब

June 05, 2024

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख  पर्शुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताएका छन्  ।

 विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षरोपण कार्यक्रममा उनले प्रत्येक नागरिकले घरमा एक-एक रूख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गरे।

प्रदेश प्रमुख खापुङले प्लाष्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षरोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढीपहिरो रोकथाममा योगदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराए ।  

त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवं सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए ।