देश/प्रदेश

मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपाको सरकार

By खबरहब

June 05, 2024

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।

बुधबार जनकपुरस्थित मधेश प्रदेश सभामा बसेको बैठकमा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ ।

विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।