मनोरञ्जन

फिल्म निर्देशक सुदर्शन थापा रिहा

By खबरहब

June 05, 2024

काठमाडौं – निर्देशक सुदर्शन थापा रिहा भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेशदिएसँगै थापा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा उनी गत सोमबार पक्राउ परेका थिए । चलचित्र ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत भदौमा प्रहरी बृत्त बौद्धमा विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।

निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद २’ प्रदर्शन गरेका थिए ।

थापा पक्राउ पर्नुअघिसम्म ‘रावायण’को दोस्रो चरणको सुटिङ काठमाडौंमा जारी थियो । उनलाई प्रहरीले छायांकनस्थलबाटै पक्राउ गरिएको थियो ।