आर्थिक

बेलायती पाउण्ड १७० पुग्यो : शुक्रबार विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

July 05, 2024

काठमाडौं – आज २०८१ साल असार २१ गते शुक्रबार सन् २०२४ जुलाई ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बेलायती पाउण्डको खरिद र बिक्रीदरले १७० रुपैयाँ पार गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको हो ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ०२ पैसा र बिक्री दर १७० रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?