खेलकुद

सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्दै इक्वेडर

By खबरहब

July 05, 2024

काठमाडौं– कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेशका लागि अहिले केहीबेरमा अर्जेन्टिना र इक्वेडरको खेल हुँदैछ ।

साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेशका लागि इक्वेडरसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अहिले शुक्रबार बिहान ६ः४५ बजे सुरु हुनेछ।

इक्वेडर समूह ‘बि’को उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो। अर्जेन्टिना समूह ‘ए’ को विजेता हो।

अर्जेन्टिनाले क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको छ ।

शनिबार पेरुविरुद्धको खेल गुमाएका अर्जेन्टियन स्टार लियोनल मेस्सी इक्वोडरविरुद्धको खेलमा मैदानमा छन् । ह्यामस्ट्रिङको समस्याका कारण मेसीले शनिबार पेरुविरुद्धको खेल गुमाएका थिए ।