समाचार

रेडबुक पुनर्लेखनको माग गर्दै लोसपाको प्रदेशसभामा अवरोध 

By खबरहब

July 05, 2024

जनकपुरधाम– आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेशसभा बैठकमा प्रतिपक्षी दल लोसपाले अवरोध गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरे लगत्तै लोसपाकी सांसद रानी शर्मा तिवारीले रेडबुक पुनर्लेखन गर्नुपर्ने माग सम्बोधन नगरेको टिप्पणी गरिन् ।

त्यसपछि सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अर्थमन्त्री भरतप्रसाद साहले असार १ मा ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएका थिए ।