समाचार

सहकारी ठगीको संसदीय छानबिन समितिमा गृह सचिव र महानिरीक्षकसँग छलफल

By खबरहब

July 05, 2024

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ ।

शुक्रबार बसेको समितिको दशौँ बैठकले गृह सचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारबाहीको विषयमा छलफल गरेको हो  ।

यस अघि समितिले बिहीबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक  कमल भट्टराई र सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो ।