समाचार

भोटेकोशी जलविद्युत‍को ढलान खस्दा दुई मजदुर पुरिए, १० जना घाइते

By खबरहब

July 05, 2024

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजना-१ को ढलान खस्दा दुईजनान कामदार पुरिएका छन् ।

उक्त आयोजनामा निर्माणाधीन डिसेन्डर कभर स्ल्याब भत्किएर खस्दा अन्य १० जना मजदुर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले ड्यामतर्फ पानी जाने पट्टीको ढलान खस्दा १० जना मदजुर घाइते भएका बताए।

उनका अनुसार पुरिएका दुई जना मजदुरलाई निकाल्ने कोसिस भइरहेको छ ।

ढलान खसेर पुरिँदा गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलिखेल र काठमाडौं पठाउने तयारी भइरहेको  छ ।

घाइते १० जनाको अहिले बाह्रबिसेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको  प्रहरीले जानकारी दिएको छ ।