फाइल तस्वीर

राजनीति

शेखरको आशंका : प्रचण्ड विश्वासको मतमा गए कांग्रेस-एमाले सहमति संकटमा पर्न सक्छ

By खबरहब

July 05, 2024

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन् ।

गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री पुष्पकलमद दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिएर सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जानसक्ने अवस्था रहेको बताए ।

यसले दुई दलबीचको सहमति कार्यान्वयनमा अप्ठेरो पार्न सक्ने कोइरालाले बताएका हुन् ।

संविधानलाई टेकेर हिँड्नुपर्ने भएकाले विश्वासको मतपछि सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ जानसक्नेतर्फ सजग हुनुपर्ने बताए ।

उनले अब एमाले र कांग्रेसको सरकार देशलाई निकास दिने अन्तिम विकल्प भएकाले यसमा असफल भए देशमा दुर्घटना पर्नेसक्ने तर्फ सचेत गराए । उनले भएकाले नयाँ समीकरणलाई सफल बनाउने दायित्व सबैको भएको पनि बताएका छन् ।

कोइरालाले मुलुक पटक पटक अस्थिरतातर्फ जाने अवस्थालाई रोक्न मुलुकको निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।