देश/प्रदेश

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

By खबरहब

July 05, 2024

रौतहट – रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कबीर चौकस्थित तस्करले भारतीय बजारबाट लुकाई छिपाई ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद गरेको हो ।

बरामद चल्ला लाई जिल्ला कुखुरा ब्यवसायी किसान संघको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएकाे छ ।

सशस्त्र प्रहरीको टोलीलाई हेरेर कुखुरा तस्कर फरार भएपनि उनीहरूले प्रयोग गरेको विआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाईकल लगायत साईकलहरु बरामद गरेकाे हाे ।

बरामद सवारीसाधन आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएकाे छ ।