अपराध

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

July 05, 2024

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन बिगो मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–७ बस्ने ४४ वर्षीय राजाराम खत्री रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “काठमाडौँ अदालतबाट विसं २०७९ असोज ६ गते बिगो रु ५० लाख प्रतिवादीबाट भराउने फैसला भई उक्त विगो बमोजिम एक वर्ष कैद हुने फैसला भएपछि खत्री फरार थिए ।”

पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताए ।