समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

By खबरहब

August 05, 2024

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेगरी बोलाइएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदा तथा ऐन कार्यान्वयन मापनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।