देश/प्रदेश

मानव बेचबिखनको जालो : ‘अंकल’को आवरणमा ‘छोरी’को किनबेच

By सीता न्यौपाने

August 05, 2024

घटना-१ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालबालिका खोजतलास केन्द्रले उपत्यकामा रात्रीकालीन बालबालिका खोजी अभियान चलाएको थियो। एक रात उक्त अभियानमा सञ्चारकर्मी पनि सहभागी थिए।

ठमेलदेखि, पुरानो बसपार्क र पशुपति मन्दिर क्षेत्रबाट राति १० देखि बिहान ४ बजेसम्ममा ८ जना बालबालिकालाई पक्राउ गरिएको थियो। पुरानो बसपार्कमा रातको करिब २ बजे ट्याक्सीमा एक वयस्क पुरुष र एक सानी बच्चीसँगै भेटिए। उक्त टोली सोधपुछमा जुट्यो। सोधपुछमा उक्त पुरुष हडबडाउन थाले। बालिकाले पनि मेरो अंकल साइनो लगाइन।

पुरुषलाई केही पर लगेर सोधपुछ गर्न थालियो। बालिकालाई त्यही सडकमा उभिएर नाम सोध्दा उनले मोनिका थापा (नाम परिवर्तन) बताइन्। मोनिकाले आफू १३ वर्षमा टेकेको बताइन। काखमा राखेर खेलाउँ खेलाउँ, मायाले सुम्सुम्याउँ जस्ती बच्ची ग्राहक खोज्दै हिँडेको अंकलको पर्खाइमा थिइन्। उनको उमेर र काम सुन्दा थर्रथर्र शरीर काँपिरहेको थियो।

पुरानो बसपार्कमा रातको करिब २ बजे ट्याक्सीमा एक वयस्क पुरुष र एक सानी बच्चीसँगै भेटिए। उक्त टोली सोधपुछमा जुट्यो। सोधपुछमा उक्त पुरुष हडबडाउन थाले। बालिकाले पनि मेरो अंकल साइनो लगाइन।

उनी बच्ची देखिन्थिन्। शरीरको राम्रो विकास भइसकेको थिएन। आमाको काखमा लुटुपुटु परेर सुत्ने उमेरमा त्यो रातको समयमा बसपार्क जस्तो असुरक्षित क्षेत्रमा उनी भेटिएकी थिइन्। संखुवासभा घर बताउँदै उनले उक्त अंकलले रातभर काम गरे पाँच हजार दिने भनेर ल्याएको बताइन्। चार महिना अगाडि काम खोज्दै काठमाडौं आएकी उनी गाउँकै दिदीमार्फत उक्त अंकलसँग चिनजान भएको रहेछ। उक्त काममा अंकलले आफ्ना गाउँका अरु दिदीलाई पनि लगाएका रहेछन्।

तीन महिनादेखि रातको १० बजेपछि ती बालिकालाई अंकलले बसपार्क ल्याउने रहेछन्। अंकलले हरेक रात भक्तपुरको डेरामा लिन आउने र रातभर काममा लगाएर छोड्न पनि जाने रहेछन्। ग्राहक खोज्ने र बार्गेनिङ गर्ने काम उनको रहेछ। होटलमा बस्ने र कति समय बस्ने पनि उनैको निर्णयमा भरपर्ने रहेछ।

जम्मा पाँच कक्षासम्म अध्ययन गरेकी उनी घरमा बस्न नसकेर काठमाडौं भागेर आएकी थिइन्। आमाको मृत्यु भएपछि बाले अर्की आमा ल्याए। सानिमाले हेला गरेर बस्नै नसकेपछि उनले घर छोडेकी थिइन्। अंकलले लगाएको काम मन नपरेको भन्दै उनी रोइरहेकी थिइन्। भोकै मर्नुपर्छ भन्ने डरले उक्त काम गरेको सुनाइरहेकी थिइन्।

तीन महिनादेखि रातको १० बजेपछि ती बालिकालाई अंकलले बसपार्क ल्याउने रहेछन्। अंकलले हरेक रात भक्तपुरको डेरामा लिन आउने र रातभर काममा लगाएर छोड्न पनि जाने रहेछन्। ग्राहक खोज्ने र बार्गेनिङ गर्ने काम उनको रहेछ। होटलमा बस्ने र कति समय बस्ने पनि उनैको निर्णयमा भरपर्ने रहेछ।

घटना-२ पूर्व नवलपरासीकी गीता परियार (नाम परिवर्तन) ११ वर्षको उमेरमा बुवाले नै एक होटलमा भाँडा माझ्ने काममा पठाए। आर्थिक रुपले विपन्न, त्यसमाथि बुवालाई टिबी रोग लागेपछि उनी लामो समय ओछ्यान लागे।

त्यहि दुःखको समयमा गीताकी आमाले पनि उनीहरुलाई छोडेर अर्कै पुरुषसँग गइन्। एक बहिनी र ओछ्यान लागेका बुवाको जिम्मेवारी नौ वर्षकी बहिनीको जिम्मा लगाएर उनले घर छोडिन्। धादिङको एक होटलमा काम गर्ने भनेर उनी घरबाट बिदा भएकी थिइन्।

समयसमयमा छोरीको कमाई स्वरुप घरमा पैसा आउने गर्थ्यो। तर वर्षौ छोरी भने घर फर्केर आइनन्। टिबी रोग सन्चो भइसकेको थियो। उनी पहिले जस्तै दैनिकीमा फर्किएका थिए। उनलाई छोरी फर्काउनु प-यो। फोनमा छोरीलाई घर फर्किन भने। तर छोरीले फर्किन नसक्ने जनाउ दिँदै आफू धादिङमा नभएर काठमाडौंमा भएको बताइन्।

छोरी घर फर्किन नचाहेको कारण खोज्दै उनी काठमाडौं आए। उनी आफ्नो १४ वर्षकी छोरी देखेर दङ्ग परे। पुरै १९/२० वर्षकी झै हुर्किएकी थिइन्। होटलमा भाँडा माझ्न पठाएकी छोरी हिरोइन जस्ती सफासुग्घर, दुबै हातका नङमा लामो पालेर पालिस लगाएकी थिइन।

उनले कर गरेर छोरीलाई बेलिविस्तार सोधे। तब छोरीले रुँदै होटल मालिकले जबरजस्ती यौनधन्दामा खटाएको बताइन्। साथै, उनले होटल मालिकले विभिन्न खाले औषधीसम्म खान लगाउने गरेको बताइन्। जसको कारण उनको शारीरिक बनावटमा परिवर्तन आएको थियो।

उनले कर गरेर छोरीलाई बेलिविस्तार सोधे। तब छोरीले रुँदै होटल मालिकले जबरजस्ती यौनधन्दामा खटाएको बताइन्। साथै, उनले होटल मालिकले विभिन्न खाले औषधीसम्म खान लगाउने गरेको बताइन्। जसको कारण उनको शारीरिक बनावटमा परिवर्तन आएको थियो।

माथिका प्रतिनिधि घटनाले अशिक्षा, गरिबी र बेरोजगारीले नाबालिका कसरी आफ्नै देशमा बेचिन बाध्य छन् भनी देखाउँछ। गत साउन ४ गते कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरियो।

बालिकालाई असामाजिक काममा लगाउने गरेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूलाई उद्धार गरेको थियो।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा रामेछापका नवीन थापा र उज्ज्वल खड्का पक्राउ परेका छन्। ‘खाजाघर एण्ड गेष्टहाउस’मा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको पाइएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्याङ्क: आर्थिक वर्ष महिला पुरुष बालक बालिका जम्मा

मानव बेचबिखन अनुसन्धान ब्युरोले ६ वर्षको अवधिमा मनोरञ्ज क्षेत्र, होटल तथा गेष्ट हाउसबाट ८६८ जनाको उद्धार गरेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार देशभरबाट १७ सय आठ जनाको उद्धार गरेको छ।

नाबालिका स्वदेशमै बेचिए मानवबेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी गौतम मिश्रका अनुसार उमेर पुगेका धेरै किशोरी विदेश र नाबालिका स्वदेशमै बेचिने गरेका छन्। उनी आफ्नो कार्य अनुभव सुनाउँछन् ‘विदेश जाने ट्रेन बढिरहेको छ, उमेर पुगेका विदेशमा बेचिएका छन्। उमेर नपुगेर विदेश जान नपाएका आफ्नै देशमा बेचिएका छन्।’

बेरोजगारी, अशिक्षा, गरिबी र विखण्डत परिवारको कारणले बालिकाको यो अवस्थामा पुगेको मिश्रको बुझाइ छ। ‘आर्थिक अवस्था कमजोर भएर पढ्न नसकेका, आमाबुवाको सम्बन्ध राम्रो नभएको, केहीको डिभोर्स भइसकेको र अभिभावकको मृत्यु भएका बालबालिका श्रमको नाममा यौन शोषणमा परेका छन्।’

मानवबेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी गौतम मिश्रका अनुसार उमेर पुगेका धेरै किशोरी विदेश र नाबालिका स्वदेशमै बेचिने गरेका छन्। उनी आफ्नो कार्य अनुभव सुनाउँछन् ‘विदेश जाने ट्रेन बढिरहेको छ, उमेर पुगेका विदेशमा बेचिएका छन्। उमेर नपुगेर विदेश जान नपाएका आफ्नै देशमा बेचिएका छन्।’

पढाई र सीप नभएकाहरुले काम पाउने ठाउँ भनेको मनोरञ्जन क्षेत्र, होटल तथा गेष्ट हाउस हो। जागिर खोज्दै जाँदा उनीहरु त्यहाँ पुगेको पाइन्छ। मिश्र भन्छन्, ‘आठदेखि १० हजार तलबमा खान, केहीले बस्नसमेत सुविधा दिने भनेर काममा राख्छन्।’

‘सुरुमा होटलमा भाँडा माझ्ने, खाना बनाउने, ग्राहकलाई खाना खुवाउने र सरसरफाइ गर्ने भनेर राख्ने गरिन्छ’ उनले खबरहबसँग भने, ‘पछि कोठामा ग्राहकलाई खाना लिएर पठाउने गर्छन्। ग्राहकले  दुर्व्यवहार ग-यो भनेर केहीले मालिकसँग गुनासो गर्छन् तर त्यो नगरी कसरी होटल चल्छ भनेर मालिकले बाध्यात्मक परिस्थिति सिर्जना गरिदिएको पाइयो।’

दोस्रो आर्थिक प्रलोभनमा पारेर जस्तै ग्राहकसँग बसेमा तलब, सेवा सुविधा बढाइदिने रहेछन्, मिश्र भन्छन्, ‘ग्राहकलाई रिझाउने काम गर्दिन भन्दा त्यतिबेलासम्म उनीहरुको फोटो र भिडियो बनिसकेको हुन्छ। अब भनेको मानिनस् भने सार्वजनिक गरिदिने धम्की आउँछ।’

यस्ता बाध्यात्मक परिस्थिति सिर्जना गरेर नाबालिक तथा किशोरीलाई असामाजिक क्रियाकलापमा लगाइएको पाइएको अधिकारीले बताए। ‘जागिर खान स्वेच्छाले आएका छन्। पारिवारिक बाध्यताले आएका छन्। तर यौन व्यवसायमा जबर्जस्ती लगाइएको पाइन्छ। नाबालिक भनेपछि त झनै यसै जबर्जस्ती हो।’

‘जागिर खान स्वेच्छाले आएका छन्। पारिवारिक बाध्यताले आएका छन्। तर यौन व्यवसायमा जबर्जस्ती लगाइएको पाइन्छ। नाबालिक भनेपछि त झनै यसै जबर्जस्ती हो।’

गौतमको अनुभवमा १८ वर्ष मुनिका नाबालिका जुनसुकै क्षेत्रमा शोषणमा परेका छन्। त्यसकारण छोरीहरुको हकमा अभिभावक विशेष जिम्मेवारी बन्न आवश्यक रहेको उनले बताए। ‘बालश्रममा पठाउने अभिभावक पनि दोषी छन्। जसरी भएपनि पैसा कमाएर पठाओस् भन्ने अभिभावकसम्म देख्न पाइयो’ उनले भने।

अधिकांश ७/८ कक्षामा पढाइ छोडेर आएका धेरै छन्। यही कक्षामा नै विद्यार्थीहरुलाई श्रम र यौन शोषणको बारेमा पढाउनुपर्ने उनको बुझाइ छ। सचेतनाको अभावले नै विभिन्न शोषणमा परेको मिश्रले बताए।

पूँजी बजारले उमेर हेर्दैन : बालअधिकारकर्मी बालअधिकारकर्मी कविता शाहले पूँजी बजारले उमेर नहेर्ने बताउँछिन्। उनी भन्छिन्, ‘बालबालिकालाई काममा लगाउँदा थोरै पैसा दिएपनि हुन्छ र अर्को भनेको मान्ने र सजिलो हुने हुँदा श्रममा लगाइएको पाइन्छ। अन्य मुद्दाको सवालमा बालश्रमको मुद्दा छायामा परेको छ।’

बालबालिकाको क्षेत्रमा काम गरिरहँदा उनले नागरिकमा कानुनको अनभिज्ञता रहेको पाइन्। अधिकांश बालश्रम कानुन विपरीत भन्ने थाहा नपाएर लगाइएको पाइएको शाहको भनाइ छ। ‘विशेष गरी मनोरञ्जन क्षेत्र, होटल र रेष्टुरेन्टमा कलिलै उमेरका बालबालिका कामदारको रुपमा ल्याउने गर्छन्। पछि उनीहरुलाई यौनकर्ममा लगाइएको पाइन्छ’ उनले भनिन्।

‘यौन शोषणमा परेपछि मात्रै बालश्रम पनि लगाइएको थियो भन्ने पुष्टि हुन्छ। यौन शोषण पनि गन्यमान्यबाट भएको छ भने चर्चा हुन्छ। नत्र यौन शोषण निकै सामान्य मान्दै आइएको छ।’

खबरहबसँग कुरा गर्दै भन्छिन्, ‘यौन शोषणमा परेपछि मात्रै बालश्रम पनि लगाइएको थियो भन्ने पुष्टि हुन्छ। यौन शोषण पनि गन्यमान्यबाट भएको छ भने चर्चा हुन्छ। नत्र यौन शोषण निकै सामान्य मान्दै आइएको छ।’

‘विभिन्न प्रलोभनमा पारेर नेपालभित्रै र विदेशमा लगेर यौन क्रियाकलापमा लगाइएको पाइन्छ। दबाब दिएर त्यस्तो काममा लगाइएको छ’ उनले भनिन्, ‘अहिले बालिका मात्रै नभएर बालकसमेतको बेचबिखनमा परेका छन्।’ कानुनी दायरामा कमै आउने हुनाले यसको अन्त्य हुन नसकिरहेको शाहको भनाइ छ।

सम्बन्धित निकायले बालबालिका बेचबिखबाट जोगाउने अभियानमा लाग्न जरुरी भएको उनले बताइन्। ‘कस्तो-कस्तो अवस्थामा बालबालिका बेचिन सक्छन् भन्ने जागरुकता जगाउन आवश्यक छ। पूँजीबजारले उमेर नहेर्ने कठोर स्थितिबाट बालबालिकालाई जोगाउनु आजको महत्वपूर्ण काम भएको शाह बताउँछिन्।

मानव बेचबिखन नियन्त्रण ऐन २०६४ को दफा १५ ले २० वर्ष कैद र दुई लाख जरिवानाको तोकेको छ। त्यस्तै ओसारपसार भएमा सजाय १ वर्ष कैद सजाय तोकेको छ।