समाचार

सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग

By खबरहब

August 05, 2024

काठमाडौं– प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह हुन् ।  

‘प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने लोकतान्त्रिक पद्धतिलाई पालन गर्न-गराउन सम्माननीय सभामुखज्यू र सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ पाण्डेले भने । 

सार्वजनिक लेखा समितिको संयोजक हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल छन् । 

उनी यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि समितिको संयोजक थिए । तत्कालीन समयमा पनि एमाले सरकारमा सहभागी थियो ।