समाचार

अमरेशकुमारले भने- शेयरमूल्य कृत्रिम रुपमा बढाइयो, निगरानी होस्

By खबरहब

August 05, 2024

काठमाडौं– सांसद डा. अमरेशकुमार सिंहले शेयरको मूल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मूल्य  कृत्रिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद् बैठकमा बिना आधारमा कम्पनीका शेयर मूल्य बढिरहेको उदाहरण दिँदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन् । 

उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनीको मूल्य अहिले तिन चार गुणासम्म बढेको बताउँदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।