देश/प्रदेश

धादिङमा पहिरोसँगै झरेको रुखले च्याप्दा एक जनाको मृत्यु

By खबरहब

August 05, 2024

धादिङ । धादिङमा पहिरोसँगै झरेको रुखले च्याप्दा एक जनाको ज्यान गएको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित पोखरे खोलामा पहिरोसँगै झरेको रुखले माइक्रोबस च्यापिँदा रुविभ्याली गाउँपालिकाका ७२ बर्षिय निर्माग तामाङको ज्यान गएको हो । घाइते तामाङको उपाचारको क्रममा काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान धादिङबाट काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा तामाङसहित ९ जना घाइते भएका थिए । घाइते मध्ये दुई जनाको अवस्था मध्यम छ ।