आर्थिक

कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

By खबरहब

September 05, 2024

काठमाडौं–  कुमारी बैंक लिमिटेड र काठमाडौंको गोल्फुटारमा रहेको काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लीबीच कुमारी बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैङ्किङ सेवा बाट रकम भुक्तानी गर्दा १०प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।