समाचार

संविधान संशोधन खेलाँची होइन, गम्भीर छलफल हुनुपर्छ : सीता गुरुङ 

By खबरहब

September 05, 2024

काठमाडौं– नेपाली कांग्रेसकी सांसद सीता गुरुङले संविधान संशोधन हुँदा समावेशिताको कुरामा गम्भीर हुन सबै दलहरूलाई आग्रह गरेकी छिन्। 

बिहीबार संविधान निगरानी समूहले आयोजना गरेको संयुक्त सरकारको अभ्यास तथा शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान संशोधन जस्तो विषय खेलाँची नभएको बताइन्। 

संविधान संशोधन र समावेशिताको कुरा गम्भीर विषय भएकाले यो विषयमा संशोधन हुँदा व्यापक छलफल र बहस गर्न आवश्यक रहेको उनको तर्क छ। 

उनले भनिन, ‘अहिले संविधान संशोधन गर्ने कुरा आइरहेको छ यो विषयमा गम्भीर हुन जरुरी छ संविधान संशोधनका नाममा समावेशिताको कुरा भने छुट्नु हुँदैन । ‘

उनले हालसम्मको समावेशिताको अभ्यासलाई पनि गम्भीर रूपमा नियाल्नुपर्ने तर्क गरिन्। 

गुरुङले भनिन, ‘पछिल्लो समय थेसो बढाउने कुराहरू पनि भइरहेको छ यो कुरामा पनि गम्भीर बहस र छलफल भएर मात्र निचोडमा पुगिन्छ ।’

महिला महिला सीमान्तकृत समुदायको आवाजहरू कुनै पनि हालतमा दबाउनु नहुने उनको तर्क छ।