अन्तर्राष्ट्रिय

अनुदानमा सामान बेच्ने पसल बन्द गर्ने पाकिस्तान सरकारको निर्णय

By खबरहब

September 05, 2024

काठमाडौं – पाकिस्तान सरकारले मुलुकमा सञ्चालित अनुदानमा सामान बेच्ने पसल बन्द गर्ने निर्णय गरेको छ ।

यसबाट उसै पनि आर्थिक रुपमा संकटको सामना गरिरहेका पाकिस्तानी जनता थप मारमा पर्ने भन्दै आलोचना शुरु भएकोछ ।

आर्थिक भार थपिएको भन्दै पाकिस्तानले ५ हजार ९ सय पसल बन्द गर्ने निर्णय गरेको हो । यी पसलले अनुदानमा सामान बिक्री गर्दै आएका थिए ।

यी पसलले न्यून आय भएका ३ करोड जनतालाई ५० अर्ब पाकिस्तानी रुपैयाँ बराबरको अनुदानका सामान बिक्री गर्दैआएका थिए ।

त्यसबाहेक अरु ११ हजार जनाले यी पसलबाट रोजगारी प्राप्तगर्दै आएका थिए । सरकारको यस निर्णयविरुद्ध पाकिस्तानीअखबारमा व्यापक आक्रोश र आलोचना भइरहेको खामाप्रेसले जनाएको छ ।