देश/प्रदेश

बाढीपहिरो अपडेट : अहिलेसम्म २३९ जनाको मृत्यु, १८ बेपत्ता

By खबरहब

October 05, 2024

काठमाडौं– असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार घटनामा १८ जना बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।