ब्रेकिङ स्टोरी

थापाथलीमा सरकारी खसीबोका (तस्बिरहरू)

By खबरहब

October 05, 2024

काठमाडौं–  सरकारले दसैँका लागि काठमाडौँ उपत्यकामा भोलिदेखि खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण सुरु गर्दैछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोका र च्याङ्ग्रा बिक्री गर्न बागमती प्रादेशिक कार्यालय थापाथलीमा जम्मा पारेको हो । कम्पनीले च्याङ्ग्रा भने ल्याइसकेको छैन ।

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्रीवितरण त्यहीँबाट हुनेछ ।

कम्पनील यस वर्ष ज्यूँदो खसीबोकाको प्रतिकिलो ६७० र च्याङ्ग्राको १२३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । निर्धारित मूल्यमा १० प्रतिशत छुट दिएर बिक्रीवितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।