समाचार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला

By खबरहब

October 05, 2024

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा गर्भवती हात्ती मृत फेला परेको हो ।

शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जङ्गलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए ।

‘हामीले हात्ती मृत फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’