खेलकुद

जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

By खबरहब

October 05, 2024

काठमाडौं – इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ ।