खेलकुद

इटालियन सिरी ए : बोलोग्ना र जेनोवाले खेले बराबरी

By खबरहब

January 06, 2024

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेलेका छन् । गए राति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले एक–एक गोल गरेका थिए ।

जेनोवाले खेलको २०औँ मिनेटमा सुरुवाती गोल गरे पनि बोलोग्नाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍याे ।

यो बराबरीपछि बोलोग्ना १९ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ भने जेनोवा २२ अंकका साथ १२औँ स्थानमा छ ।