अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा माइक्रोलाइट विमान दुर्घटना, पाइलटको मृत्यु

By खबरहब

January 06, 2024

सिड्नी– पश्चिमी अस्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको  छ । 

पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिबार जनाए अनुसार बिहान ११ बजेपछि सो दुर्घटना भएको हो ।

पाइलटलाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान  जारी छ ।