फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

February 06, 2024

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार  रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी  तोलामा १५ रुपैयाँले घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साेमबार चाँदी तोलाको १३९० रुपैयाँ कारोबार भएको थियो ।