समाचार

क्रिकेट मैदान निर्माणका लागि बागमती सरकारले ७० प्रतिशत लगानी गर्ने

By खबरहब

February 06, 2024

काठमाडौँ– चितवनमा निर्माणाधीन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ।

आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रथम चरणका लागी ७० प्रतिशत लागत सुनिश्चित गरेको हो ।

‘आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रथम चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ,’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन, ‘क्रिकेट खेलको विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

उनले बागमती प्रदेशका मुख्यमन्त्री एवं बागमती प्रदेश सरकारलाई विशेष आभार सहित भरतपुर महानगरपालिकाकोतर्फबाट धन्यवाद व्यक्त गरिन् ।