ब्रेकिङ स्टोरी

शान्तिबाटीकामा काठमाडौं महानगरको ताला

By खबरहब

February 06, 2024

काठमाडौं– महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरूलाई हटाएको छ ।

मंगलबार शान्तिबाटीकामा धर्नामा बसेकाहरूको सबै सामानहरू निकालेर उनीहरूलाई धर्नास्थलबाट हटाएको हो । काठमाडौंको माइतिघरबाट हटाएपछि बिभिन्न समूहहरू शान्तिबाटीकामा धर्ना बस्दै आएका थिए भने केही समूह सोही स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए ।

शान्तिबाटीकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिबाटीका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ । धर्नाका बसेकाहरूले भने महानगरको कदमको विरोध जनाएका छन् । राज्यलाई आफूहरूको मागका बारेमा जानकारी गराउन धर्नामा बस्दा बिना  जानकारी हटाइएको उनीहरूको भनाइ छ । 

उनीहरूले महानगरले आफ्ना सामान जफत गरेको भन्दै आक्रोश जनाएका छन् । धर्नामा बसेकाहरूलाई हटाएपछि महानगरले शान्तिबाटीकामा ताला लगाएको छ ।