अन्तर्राष्ट्रिय

बेलायती नरेश चाल्र्स तृतीयलाई क्यान्सर पुष्टि

By खबरहब

February 06, 2024

काठमाडौं– बेलायती नरेश चाल्र्स तृतीयलाई क्यान्सर रोग लागेको पुष्टि भएको छ । बकिङ्घम दरबारले विज्ञप्ति जारी गर्दै चाल्र्सलाई क्यान्सर लागेको घोषणा गरेको हो । बकिङ्घम दरबारले क्यान्सरको पुष्टि भएसँगै चाल्र्सले आफ्ना शाही कर्तव्य र सार्वजनिक कार्यक्रमहरू स्थगित गर्ने पनि जनाएको छ । 

अब चाल्र्सले आफ्नो उपचारलाई प्राथमिकता दिने दरबारलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । उनी पूर्ण रुपमा सकारात्मक रहेको पनि दरबारको भनाइ छ ।

७५ वर्षीय चाल्र्स आमा महारानी एलिजावेथ द्वितीयको निधनसँगै सन् २०२२ मा बेलायतको राजा बनेका थिए । चाल्र्सले उपचारहरुको श्रृङ्खला सुरु गरिसकेको र सक्दो छिटो शाही कामकाजमा फर्कन प्रतीक्षारत रहेको पनि दरबारले जनाएको छ । यसअघि उनले तीन रात अस्पतालमा बिताएका थिए । स्वास्थ्य जाँचका क्रममा उनको प्रोस्टेटमा समस्या देखिएको थियो ।

दरबारले चाल्र्समा ‘एक किसिमको क्यान्सर’ देखिएको जनाएपनि यसबारे अधिक जानकारी दिएको छैन ।