समाचार

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन माग गर्दै राजदूतावास अगाडि धर्ना

By खबरहब

February 06, 2024

काठमाडौं– रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै काठमाडौँस्थित रूसी राजदूतावास अगाडि धर्ना दिएका छन् । 

धर्नामा सहभागीहरूले युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर, रुसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा मृत्यु भएका मृतकको शव नेपाल लेराइदे लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

केही दिन अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा रुसी सेनाबाट नेपाल फर्किएका युवाहरूले अहिले पनि १४-१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धका क्रममा धेरै नेपालीले ज्यान गुमाएको बताएका थिए ।