फाइल फोटो

समाचार

गैंडाको आक्रमणबाट एक जना घाइते

By खबरहब

February 06, 2024

नवलपरासी– नवलपरासी पूर्वको लोकाहामा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

देवचुली नगरपालिका वडा नम्बर १० लोकाहाको जंगलमा बाख्रा चराउन गएकी स्थानीय ६० वर्षकी ठगिसरा सुनारी मगर गैंडाको आक्रमणबाट घाइते भएकी हुन्।

उनको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते ठगिसराको दल्दलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।