जीवनशैली

सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुराहरू

By खबरहब

March 06, 2024

राम्रो देखिन महिलालाई मात्र नभई पुरुषलाई पनि मन लाग्छ ।  पुरुष सुन्दर र पुरुष स्टाइलिस देखिन चाहन्छन् । युवाहरू उनीहरूको कपडा जुत्ता झोला कपाल दार्हिलगायतमा खुब ध्यान दिन्छन् । परफ्युम लगाएर हिँड्न पनि उनीहरु निकै रुचाउँछन् । 

यति मात्रै हैन पुरुषहरू फेशियलदेखि वाक्सिङसम्म गर्न उत्साहित हुने गर्छन् । 

सामाजिक सञ्जालमा पनि देखिरहने नै कुरा हो कतिपय पुरुषहरूको मेकअपमा पनि निकै सौखिन देखिन्छन् । उनीले आफैले आफैलाई पनि मेकअप गरेर देखाउने गर्छन् । पुरुषले सुन्दर बन्न अपनाउन यी टिप्सहरू अपनाउन सक्छन् 

सबैभन्दा पहिलो नम्बरमा आउने कुरामा अनुहारको केयर पर्छ । यसका लागि पुरुषले सधैँ सन्सक्रिम लगाउन, ओठ फुट्न नदिन लिपबामहरु लगाउनु पर्ने टाइम्स अफ इन्डियामा उल्लेख गरिएको छ । 

-भनाई नै छ नि, पुरुषको पहिचान गर्ने भए उसको जुत्ताबाट गर्न सकिन्छ । त्यसैले पुरुषले आफ्नो जुत्ता आफ्नो इच्छाले मात्र नभई कार्यक्रम अनुसार र मौसम अनुसार पनि छनोट गर्नुपर्दछ ।

-दार्हिको काट्ने तरीका बदल्दा पनि पुरुषहरू ह्याण्डसम देखिन्छन् । 

– सुहाउँदो कपडा छान्नु पहिलो टिप्स नै हो किनकि आफ्नो बडी शेप अनुसार कपडा लगाउँदा स्टाइलिस देखिन्छ ।  

– यदि शरीरको माथिल्लो भाग चौडा छ, कम्मर र हिप माथिल्लो भागभन्दा सानो छ भने यस्तो शरीर हुने पुरुषले हिप एरियालाई पकेट वा बेल्टले डिटेलिङ दिन सक्छन् । साथै, भी नेक टिसर्ट पनि राम्रो विकल्प हुनसक्छ ।

-यदि काँध र कम्मरको चौडा बराबर छ भने यस्ता पुरुषले काँधलाई चौडा र कम्मर र हिप्सलाई थोरै साँघुरो देखाउने पहिरन लगाउनु पर्दछ । यो शारीरिक रुपमा त सम्भव छैन तर केही कट्स र टाइप्सका कारण तपाईँ यस्तो गर्न सकिन्छ ।

– काँध सानो, मध्य ओभल र खुट्टा स्लिम छ भने यस्ता पुरुषले शरीरलाई लामो देखाएर आफूलाई स्लिम लुक दिनुपर्छ ।

-महिलालाई भन्दा पुरुषलाई मेकअपको बढी आवश्यकता पर्दछ । किनकि शरीरको छाला र लुकलाई उत्कृष्ट बनाउनका लागि स्पा, बडी मसाज, मेनिक्योर र पेडिक्योर पनि गर्नु पर्दछ ।

 – अहिले पुरुषले लगाउने ट्रेडी ब्रासलेट चर्चित छ । बजारमा उपलब्ध लेदर कफदेखि वुडन बीड्ससम्म पुरुषका लागि विभिन्न ब्रासलेट पाइन्छ । मेटल ब्रासलेट, नोटिकल ब्रासलेट तथा बिडेड ब्रासलेट पनि राम्रा विकल्प हुन् ।

– हेयरकट राम्रो हुन आवश्यक छ । साथै पुरुषले कपालको पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । विशेष गरी चायाँ र कपाल झर्ने समस्यालाई हुन दिनु हुँदैन ।

विभिन्न एजेन्सीको सहयोगमा