ब्रेकिङ स्टोरी

त्रिशुलीमा बस खस्यो, १३ जनाको उद्धार

By खबरहब

March 06, 2024

काठमाडौं– लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ। काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशूली खोलामा खसेको प्रहरीले जनाएको हो। 

उद्धारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगिसकेको छ। टोलीले १३ जनाको जीवितै उद्धार गरेको छ। 

उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। थप विवरण आउन बाँकी छ।