समाचार

बामशक्तिहरु सँगै जाने सम्भावना छ : झलनाथ खनाल

By खबरहब

March 06, 2024

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बाम शक्तिहरु सँगै जाने सम्भावना रहेको बताएका छन् ।

खनालले  केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भेटलाई आफूहरूले सकारात्मक रुपमा लिएको बताए । सरकारमा बृहत् बाम एकताको कुरा भइरहेकाले ढिलो चाडो एकता नै हुनेमा उनको विश्वास छ । 

उनले खबरहवसंग भने,  ‘राम्रोसँग वार्ता भइरहेको छ । सरकारमा बृहत् बाम एकताको कुरा छ । ढिलो चाडो एकता नै हुने हो ।’

यस्तै आली प्रचण्डहरू नै प्रस्ताव लिएर आएपछि आफूहरू लचिलो हुनुपरेको समेत बताए ।