फाइल तस्बिर

समाचार

एकीकृत समाजवादी सरकारमा जाने संकेत 

By खबरहब

March 06, 2024

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने संकेत देखिएको छ ।

एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजाने भनेर अन्यौलता देखिएका बेला सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । 

बालुवाटारबाटै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद भएको बुझिएको छ । छलफलले नयाँ उर्जा दिएको खनालले बताए ।

यता ११ बजे पार्टीमा निर्णय गरेर गठबन्धनमा सामेल हुन माधव नेपाल बालुवाटार जाने उनले बताए ।