फाइल तस्वीर

समाचार

कांग्रेस सभापति देउवा पुगे माधव नेपाल निवास कोटेश्वर

By खबरहब

March 06, 2024

काठमाडौँ– कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । 

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका हुन् ।

बुधबार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुगेका हुन् ।

देउवासंगै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि कोटेश्वर पुगेका माधव नेपालको सचिबालय सदस्य मोहन गौतमले बताए ।

नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।