फाइल फोटो

समाचार

जसपा बैठक निष्कर्षविहीन, उपेन्द्र पुगे बालुवाटार

By खबरहब

March 06, 2024

काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपाल ‘अनिर्णयको बन्दी’ भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय लिन बसेको कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।

‘जसपाको कार्यकारिणी समितिको बैठक सकियो तर प्रचण्ड सरकारमा जाने ‘नजाने कुनै निर्णय गर्न सकेन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही समय ‘पर्ख र हेर’को अवस्था रहने भन्ने भएको छ ।’ 

उनका अनुसार बैठकले कुनै निर्णय लिन नसके पछि सोही सन्देश बोकेर अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिस सुमन बालुवाटार लागेका छन् ।

प्रचण्ड सरकारलाई विश्वासको मत दिन र सरकारमा सामेल हुने बारेमा सो पार्टीको बहुमत सदस्य विपक्षमा उभिएका छन् ।