फाइल तस्वीर

समाचार

नयाँ मन्त्रीले शितल निवासमा आजै बेलुका ५ बजे सपथ लिने

By खबरहब

March 06, 2024

काठमाडौं- नयाँ मन्त्रिपरिषदमा थप भएका मन्त्रीहरुको सपथ आजै बेलुका ५ बजे हुने भएको छ ।

नवगठित मन्त्रिपरिषदमा थपिएका मन्त्रीहरुले आजै ५ बजे राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण हुने स्रोतले बतायो ।

मन्त्रिपरिषदमा एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रले ५ र जसपाले २ मन्त्रालय लिने सहमति भएको छ ।