फाइल फोटो

समाचार

एमालेका महासेठ उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री

By खबरहब

March 06, 2024

काठमाडौं– नेकपा एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री बनाउने भएको छ । उनकै नेतृत्वमा एमाले नयाँ सरकारमा जाने बुझिएको छ ।

एमालेले ८ मन्त्रालय पाउने तय भएपनि अहिलेसम्म २ मन्त्रीको नाम मात्रै टुङ्गो लगाएको छ भने मन्त्रीको सपथ लिइसकेका पदम गिरीको जिम्मेवारी अझै टुङ्गो लागेको छैन ।

हाल सरकारमा सहभागी हुने मन्त्री र उनीहरुको जिम्मेवारीबारे एमाले सचिवालय बैठकमा छलफल भइरहेको छ ।