समाचार

विश्वकप टी २० मा क्रिकेट टिमको तयारीका लागि ५ करोड बिनियोजन

By खबरहब

March 06, 2024

काठमाडौं- विश्वकप टी २० मा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको तयारीस्वरुप सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आउँदो जुन महिनामा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा क्रिकेट टिमको सहभागिताको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल रहेका छन् ।

विश्वकपको पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालले श्रीलंकाविरूद्ध जुन ११, दक्षिण अफ्रिकीविरूद्ध जुन १५ मा र बंगलादेशविरूद्ध जुन १६ मा खेल्नेछ ।