फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डपछिको वरियता एमालेका महासेठले पाउने, को मन्त्रीलाई कुन वरियता ? (सूची)

By खबरहब

March 06, 2024

काठमाडौं- नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको वरियता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन् ।

तेस्रो वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहनेछन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरियता रविभन्दा अघि रहने छन् ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरियतामा महासेठ रहने सहमति भएको हो । महासेठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहने छन् ।

नारायणकाजी श्रेष्ठ त्यसपछिको वरियतामा रहने गरी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने छन् ।